दुई महिनामा ३० लाख राजश्व सङ्कलन

ललन मंडल
१० असोज, बर्दिवास । जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले चालु आर्थिक बर्षको दुई महिनामै झण्डै ३० लाख राजश्व सङ्कलन गरेको छ ।

चालु आर्थिक बर्ष २०७५/०७६ को बितेको साउन र भदौ महिनामा चार हजार ४ सय सवारी साधनलाई कार्वाही गरेर कार्यालयले २९लाख ९८ हजार ५०० राजश्व सङ्कलन गरेको हो ।

गत बर्षको यसै अवधीमा (२०७४ को साउन, भदौ) कार्यालयले दुईहजार ७४४ सवारी साधनलाई कार्वाही गरेर १६ लाख १६ लाख ९०हजारमात्र राजश्व सङ्कलन गरेको थियो ।

गत बर्षको यो अवधीमा १० वटा सवारी दुर्घटना भएको थियो भने,चालु आबमा दुर्घटनाको सङ्ख्या एक घटेर नौ मात्र भएको छ । दुर्घटना सङ्ख्या घटेपनि यस्ता घटनाका मृतकको सङ्ख्या भने यसपाली छ । पुग्दा गत साल चार मात्र रहेको कार्यालय प्रमुख तथा प्रहर निरीक्षक डिल्ली प्रसाद उप्रेतिले जानकारी दिए ।
गत आब २०७४/०७५ को पुर्ण अवधीमा कार्यालयले एक करोड ६० लाख राजश्व सङ्कलन गरेको थियो । बितेको तीन बर्षको घटना हेर्दा असोज र कात्तिक सबैभन्दा बढी राजश्व सङ्कलन र दुर्घटना हुने महिना देखिएका छन् । प्रमुख चार्डपर्व यिनै दुई महिनामा पर्ने र त्यस्ता बेला सवारी यात्रुहरुको आवागमन ह्वात्तै बढ्ने भएकाले दुर्घटना र कार्वाही पनि बढ्ने गरेको प्र.नि उप्रेतिको भनाइ छ ।