टेम्बो मोवाईलले गर्याे बुटवलमा रिटेल भेटघाट कार्यक्रम

झविन्द्र देवकोटा

५ असोज, बुुटवल । शंकाराचार्य मोवाईल प्रालिले बजारमा ल्याएको टेम्बो मोवाईलले बुटवलमा रिटेल भेटघाट कार्यक्रम गरेको छ ।

बुटवलमा रहेका मोवाईल ब्यवसायिहरुलाई एकै थालोमा भेला गराएर प्रालिले टेम्बो मोवाईलको प्रायोग र त्यसको फन्सनका बारेमा जानकारी गराएको हो ।

ए १८१०, ए १८००, पि १८५०, ए २४०० र टिए ३४९ लगायत विभिन्न मोडलका एक हजार ८९ देखि १० हजार ३ सय ४९ मुल्यका मोवाईल प्रालिले बजारमा ल्याएको प्रालिका नेशनल विजनेश हेड भूपाल क्षेत्रीले जानकारी दिनुभयो ।

रिटेल भेटघाट कार्यक्रममा उहाँले २ सय दिनको रिप्लेशमेन्टको सुविधा रहेको टेम्बोको डिस्प्लेमा ३६५ दिनको वारेन्टी राखिएको बताउनुभयो । रिटेल भेटघाट कार्यक्रममा लुम्विनी अञ्चल डिस्टिब्यूटर निरज भण्डारी, सेल्स म्यानेजर अशोक गौतम, मोवाईल समिति बुटवलका अध्यक्ष विष्णु ज्ञवाली, सर्भिस अफिसर सुमित्रा अर्याल लगायतले मोवाईलको विशेषताका बारेमा बताउनु भएको थियो ।

रिटेल भेटघाट कार्यक्रममा बुटवल क्षेत्रका मोवाईल ब्यवसायिहरुको सहभागिता रहेको थियो ।