‘इलाइट फायर’ बलको बुटवलमा परीक्षण

२६ भदौ, बुटवल । नेपालमै पहिलो पटक अग्नि नियन्त्रणका लागि इलाइट फायर बल (अग्नि नियन्त्रक बल) भित्रिएको छ । अमेरिकी प्रविधिमा थाइल्याण्डमा बनेको उक्त फायर बलको शनिबार बुटवलमा सफल परीक्षण गरिएको छ ।

कोइर्नजी प्रालि बुटवल कालिकानगरले यस क्षेत्रमै पहिलो पटक भित्राएको उक्त बलको पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र, बुटवलमा प्रदेश नम्बर पाँचमा आन्तरिक मामिला तथा कानूनमन्त्री कूलप्रसाद केसी गरे परीक्षण गरे ।

सो अवसरमा बोल्दै केसीले नेपालको हुने आगलागीका घटनमा यो बलको प्रयोग उपयुक्त हुने बताए । उनले भने, ‘साधन र स्रोत कम भएका मुलुकका लागि यो बल उपयुक्त देखियो ।’ केसीले प्रदेश पाँचमा मन्त्रालय र स्थानीय तहमा आगलागीको जोखिम न्यूनीकरण गर्न आफूले फायर बलको प्रयोग गर्न सबैलाई आग्रह गर्ने बताए ।


भलिबलभन्दा केही सानो र क्रिकेटको डु्इज बलभन्दा केही ठूलो बलका माध्यमबाट आगजनीबाट हुने क्षतिलाई कम गर्न सकिने भएको छ । ‘इलाइड फायर इस्टिङगुइसिङ्ग बल’ नामको सानो साधनले आगलागीजस्तो प्रकोपको क्षतिलाई कम गर्न सकिने भएको छ । यो बल आगो लाग्ने सम्भावना भएको ठाउँमा राखेर दुर्घटनाको जोखिम पनि घटाउन सकिन्छ । बलमा आगोको तातो लाग्नसाथ ३ सेकेन्डमा बिस्फोट हुन्छ र आगो निभाउँछ । यो बल आगो लागेको ठाउँ फालेर पनि आगो निभाउन सकिन्छ ।


एककिलो तीन सय ग्रामको यो बल आगजनी हुने सम्भावनाका क्षेत्रमा राख्ने र त्यसमा आगोको तातो छोइएको तीन सेकेण्डमा विस्फोट भएर करिब नौ सेकेण्डमा त्यहाँको आगो निभाउन सक्ने क्षमताको रहेको यस्का आधिकारिक विक्रेता को–इनर्जी प्रालि बुटवलका अध्यक्ष सुरज खरेलले बताए । यो कम्पनीको मुख्य कार्यालय अहिले बुटवलको कालिकानगरमा रहेको छ । यसले काठमाण्डौं, पोखरा, चितवन, सिराह र नेपालगञ्जमा डिलरमार्फत विक्री वितरण सुरु गरेको छ ।

‘यो अमेरिकन टेक्नोलोजीमा थाइल्याण्डमा निर्माण भएको अन्तर्राष्ट्रिय गुणस्तरको सामान हो’ प्रालिका अध्यक्ष सुरज खरेलले भने,‘यो एउटा बलले १२-१२ को बन्द कोठामा र ९-९ को खुला ठाउँमा लागेको आगो ९ सेकेण्डमै निभाउँछ ।’ मूल्य १२ हजार पाँच सय मूल्य रहेको यो बलको आयु छ वर्षको हुने अध्यक्ष खरेलले बताए ।


यो पछिल्लो टेक्नोलोजीको उत्कृष्ट उत्पादन रहेको बताउँदै खरेलले देशैभरिबाट तीव्र माग आइरहेको बताए । कम्पिलिट सप्लार्यका अध्यक्ष पवन जोशीले यो बल विशेषत इन्डोरमा हुने आगलागी नियन्त्रणका लागि उपयुक्त रहेको बताए । मार्केटिङ अफिसर मधुशुधन पाण्डेको स्वागत तथा चन्द्र अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।