असोज १९ गदेखि २८ गतेसम्म राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा व्यापार मेला हुदै

२१ भदौ, बुटवल । उद्योग व्यापार संघ बुटवलले असोज महिनामा बुटवलमा राष्ट्रिय औद्योगिक प्रर्दशनी तथा व्यापार मेला आयोजना गर्ने भएको छ ।

बुधबार पत्रकार सम्मेलन गर्दै संघले नेपालीहरुको मुख्य पर्व बिजयादशमी र दिपावलीलाई समेत लक्षित गरी असोज १९ गदेखि २८ गतेसम्म मेला तथा प्रर्दशनी आयोजना गर्न लागेको जनाएको हो ।

बुटवलमण्डपमा मेला तथा प्रर्दशनी आयोजनाको तयारीका लागि संघले बुटवलमण्डपमा सचिवालय नै बनाईसकेको छ ।

आइतवारदेखि सचिवालयबाट तयारीको काम सुरु गरीसकेको संघका अध्यक्ष प्रबिण पाठकले जानकारी दिए ।

मेला तथा प्रर्दशनी तयारी र व्यवस्थापनका लागि अध्यक्ष पाठकको संयोजकत्वमा मुल तयारी र पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको संयोजकत्वमा उपसमितिहरु गठन भईसकेको छ । संघका निवर्तमान अध्यक्ष खेम श्रीसले साढे ३ सयदेखि ४ सय स्टल रहने गरी तयारी सुरु गरेको जानकारी दिए ।

उनले बिजया दशमी र दीपावलीका लागि लक्ष्यित गरी बिशेष स्टल र पेभिलियन बनाइने बताए । राष्टिय उद्योग व्यापार संगठनका नामले स्थापित संघले केन्द्रिय निर्देशन अनुसार केहीदिन अघि नाम परिवर्तन गरेको छ ।