अवैध रुपमा राखिएको सुन चाँदी बरामद

१९ भदौ, चितवन । चितवन प्रहरीले आज एक सुन पसलबाट अवैधरुपमा राखिएको सुन चाँदी बरामद गरेको छ । नारायणगढको पुुतलिबजारमा रहेको न्यू गणेश सुनचाँदी पसलबाट प्रहरीले अवैध रुपमा राखिएको दुई किलो ७६ ग्राम सुन र चार किलो चाँदी बरामद गरेको हो ।

नेपाल प्रहरी ३ नं प्रदेश कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले प्राप्त सूचनाका आधारमा पसल सञ्चालक भारत घर भएका राजेन्द्र शिवाजी पटेललाई सो परिमाणको सुन चाँदीसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

जिल्लाका सुनचाँदी व्यवसायीले राष्ट्र बैंकले पर्याप्त सुन नदिएको भन्दै आन्दोलन गरिरहेको बेला अवैध सुन चाँदी बरामद भएको हो ।