सारदा पंगेनीको ‘सुन दाजुभाई’ सार्बजनिक ( भिडीयो सहित )

१ भदौ, बुटवल । बुटवल बहुमुखि क्याम्पसमा पुस्तकालय विभागमा कार्यरत शारदा पंगेनीको नयाँ तीज गीत ‘सुन दाजुभाई’ बजारमा आएको छ । म्युजिक नेपालको आधिकारिक युट्युव च्यानलबाट चर्चित गायक खुमन अधिकारी र शारदा पंगेनीको गीतमा स्वर रहेको छ ।

एकनारायण भणडरी को लय तथा शब्द रहेको उक्त गीतमा अहिलेका चर्चित हास्य कलाकार सुरविर पण्डित, रमा थपलिया तथा सुमन परियार र सुप्रिया पगेनीको अभिनय रहेको छ ।

‘परदेश मुग्लान’ भन्ने गीत बाट औपचारिक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेकी पगेनीको गत वर्षको तीजमा ‘मलाई माइती देश प्राण झै प्यारो लाग्छ’ भन्ने गीतबाट अझ बढि दर्शक स्रोताको मन जित्न सफल भएकी थिइन ।

यस संगै केही महिना अघि मात्र ‘मायाले जोवन दिएन’ बोलको गीत समेत दर्शक स्रोताले रुचाइदिएका थिए । चौथो तीज गीत मौलिक विषय वस्तुलाई टपक्कै टिपेर बनाइएको गीतको भिडियो पन निकै आकर्षक बनेको छ ।

उमंग म्युजिक प्रा.ली. ले बजार ब्यवस्थापन गरेको गीतमा निर्देशन स्मृति तिमिल्सना ( गुरुआमा ), छायांकन करन चैसिर र सम्पादन शिव पौडेलको रहेको छ ।

भिडीयो हेर्नुहोस्