पत्रकार गिरिजा अधिकारीको ‘ए सरकार’को म्युजिक भिडियो सार्वजनिक

३१ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवशको अवसर पारेर पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीत ‘ए सरकार, हामी भयौँ बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा भीमफेदी गाइज्को अभिनय देख्न सकिन्छ । पुष्पण प्रधानको स्वर रहेको गीतमा विकास पाण्डेको संगीत छ । रिकेश गुरुङ ‘की’ ले एरेन्ज गरेको भिडियोमा निर्मल लामाले निर्देशन गरेकी हुन् ।

भिडियोलाई पवन सुस्लिङले खिचेका हुन् । बेरोजगारी समस्या, युवाहरु ऋण राखेर विदेशिनु परेको पीडा र नेपालको मायालाई अधिकारीले गीत मार्फत ब्यक्त गरेका हुन् ।

हेर्नुहोस् भिडीयो