सशक्त संगठन निर्माणका लागि महामन्त्रीमा मेरो उम्मेदवारी : सुवेदी

५ साउन, लिस्बन । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको पांचौ अधिबेशनका लागि पुरुषोत्तम सुवेदी (दामोदर) ले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।

यही आईतबार हुने अधिबेशनका लागि सुवेदीले महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् ।

सशक्त संगठन निर्माण र संगठनको सुदृढिकरणका लागि आफ्नो उम्मेदवारी रहेको सुवेदीले बताएका छन् । लामो समयदेखि पोर्चुगलमा रहेर संगठनको गतिबिधीमा सकृय रहदै आएका सुवेदीले महामन्त्री पदका लागि आफू सबल र सक्षम रहेको बताएका छन् ।

अधिकांश कांग्रेसजनहरुको चाहना र अग्रजहरुको सर्मथन पाएकै कारण आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको सुवेदीको भनाई छ । संगठनलाई अझै सबल, सक्षम र शसक्त बनाउनका लागि ठोस योजनाका साथ आफू चुनावी मैदानमा होमिएको सुवेदीले बताए ।

समितिलाई थप क्रियाशील र गतिशिल बनाउंदै सामूहिक र समाबेशी नेतृत्व स्थापीत गर्नका लागि पनि आफ्नो उम्मेदवारी रहेको उनले बताए । समितिको सकृय कार्यकर्ताका रुपमा चिनीएका सुबेदी संगठन निर्माण र संगठन बिस्तारमा निरन्तर क्रियाशील रहदै आएका छन् । सुवेदी महामन्त्री पदका लागि योग्य र सक्षम रहेको स्थानीय कांग्रेस कार्यकर्ताहरु बताउंंछन् ।

गैर आवासीय नेपाली संघ पोर्चुगलको २०११–०१३ कार्यकालका कार्यसमिति सदस्य तथा २०१३–०१५ कार्यकालका कोषाध्यक्षका रुपमा काम गरेका सुवेदीसंग बिभिन्न सामाजिक संघ संस्थाहरुमा रहेर सांगठनिक काम गरेको अनुभव समेत छ ।

बिद्यार्थी जीबनबाटै राजनिती शुरु गरेका सुवेदी स्याङ्जाका हुन् । पूर्व शिक्षक समेत रहेका सुवेदी अध्ययनको सिलसिलामा बेलायत आएका थिए । उनि बगत ८ बर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका छन् ।