विश्वविद्यालय अनुदान आयोगको टोलीद्वारा क्युएएका लागि सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा अन्तरक्रिया

२९ असार, बुटवल । विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चिता एवं प्रत्यायन (क्युएए)को प्रमाणपत्रका लागि आयोगको टोलीले सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलमा अन्तरक्रिया गरेको छ ।

आयोगले क्याम्पसका भूतपूर्व बिद्यार्थी समाज,अभिभाबकहरुसंग अन्तरक्रिया गरेको हो । सो अबसरमा बोल्दै पिआरटी संयोजक प्राडा बासुदेब काफ्लेले उच्च शिक्षाको खस्कदो गुणस्तरलाई माथि उकास्नका लागि प्रोत्साहन स्वरुप यो प्रमाणपत्र प्रदान गर्ने गरेको बताए ।

सो अबसरमा पिआरटी सदस्य प्राडा कौशल रावल,प्राडा कमलदीप ढकाल,प्राडा इन्दु आचार्य, भिजिसी प्रतिनिधि नारायण भण्डारी,सीता डुम्रे, रक्षा रावल,भूपु बिद्यार्थी समाजका अध्यक्ष लेखनाथ पाण्डे,अर्जुन गौतम,अभिभाबक हरि अर्याल,ओमबहादुर घिमिरे लगायतले बोलेका थिए ।

यो प्रमाणपत्र दिनुपूर्व विश्वविद्यालय अनुदान आयोगले ६ वर्षसम्म उक्त कलेज वा क्याम्पसको शैक्षिक गुणस्तरमाथि अध्ययन गर्छ ।
आयोगका अनुसार यो प्रमाणपत्र पाउनका लागि संस्थागत अवस्था, पाठ्यक्रम, भौतिक पूर्वाधार, आन्तरिक ब्यवस्थापन, अध्ययन-अनुसन्धान पद्धति, शिक्षक दरबन्दीको अवस्थालगायतका विषयहरु मापदण्डका रुपमा रहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*