विद्यार्थीलाई लक्ष्य निर्धारणका लागि एभरेष्टमा अभिमुखिकरण

३० असार, बुटवल । बुटवलको सुख्खानगरमा रहेको एभरेष्ट माध्यमिक विद्यालयमा विज्ञान संकायका अध्ययन गर्ने कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

उच्च शिक्षाका लागि तयार भएका विद्यार्थीलाई अध्ययनको शैलि र लक्ष्य निर्धारण गर्ने तरिका सिकाउनका लागि अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

सो अवसरमा राष्ट्रिय परीक्षा वोर्डका प्रमुख टिकाराम अर्यालले कक्षा ११ का विद्यार्थीलाई स्वागत गर्दै उच्च शिक्षाका लागि अगाडि बढेका विद्यार्थीले पहिले लक्ष्य निर्धारण गर्नु पर्ने र तालिका अनुसारको अध्ययन गर्नु पर्ने सुझाव दिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, सुनवल नगरपालिका वडानम्बर १२ का अध्यक्ष यमलाल पाण्डे, विद्यालयका प्रिन्सिपल कृष्ण न्यौपाने, बरिष्ठ सहायक प्राचार्य माधवप्रसाद आचार्य, नवरत्न माविका सहायक प्राचार्य पुस्कर भट्टराई, अभिभावक नविन क्षेत्री लगायतले शैक्षिक गुणस्तर हासिल गर्नका लागि विद्यार्थीले लगनशिलतालाई ध्यान दिनु पर्ने बताए ।

शिक्षक माधव पौडेलको संचालनमा भएको कार्यक्रममा विज्ञान संकायमा अध्ययन गर्ने साढे दुई सय विद्यार्थीलाई स्वागत गर्नुका साथै विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई समेत सम्मान समेत गरेको थियो ।

कार्यक्रममा जिनियस नेपालका कार्यकारी प्रमुख कमल सिलवालले उच्च शिक्षा, पढ्ने शैली र लक्ष्य निर्धारणका विषयमा प्रशिक्षण दिनु भएको सहायक प्रिन्सिपल भिमसेन गौतमले जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*