राष्ट्रिय शिक्षा पुरस्कारको ५१ हजार छात्रवृत्तिका लागि दिने पत्रकार मल्लको घोषणा

२९ असार , बुटवल । राष्ट्रिय शिक्षा पुरस्कार २०७४ बाट सम्मानित बुटवलका पत्रकार कृष्ण मल्लले पुरस्कार वापत प्राप्त गरेको ५१ हजार रुपैया छात्रवृत्ति अक्षय कोषका लागी प्रदान गर्ने घोषणा गरेका छन ।

आज काठमाण्डौमा सम्मान ग्रहण गरे लगत्तै बुटवल उपमहानगरपालिकालाई एक पत्र लेखि उनले पुरस्कारको सम्पूर्ण रकम बुटवल माध्यमिक विद्यालयका बिद्यार्थीमा स्थापना गरिने छात्रबृत्ति अक्षय कोषका लागि आफ्नी स्वर्गिय छोरी प्रकृति मल्लको मल्लको स्मृतिमा दिने घोषणा गरेका हुन ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुखलाई सम्वोधन गरी लेखिएको पत्रमा उक्त रकम विद्यालयमा बालबालिका टिकाउन र सिकाउनमा प्रयोग गर्न समेत अनुरोध गरिएको छ । पत्रमा मल्लले नेपाल पत्रकार महासंघ रुपन्देही शाखालाई रोहवरमा राखेका छन ।

मल्लको यो कार्यलाइ सबैले स्वागतयोग्य भनेका छन । रकम छात्रवृत्तिका लागी दिने घोषणा गरेलगत्तै मल्ललाइ सामाजिक सन्जाल र मोबाइलमा फोन नै गरेर पुरस्कार जितेकोमा बधाई र छात्रवृत्ति घोषणा गरेको प्रती खुसी व्यक्त गरेका छन ।

मल्ल बुटवलबाट प्रकाशित हुने बुटवल टुडे दैनिकका सम्पादक तथा शिक्षा पत्रकार समुहका केन्द्रिय सदस्य समेत रहेका छन ।

आज काठमाण्डौ आयोजित बिशेष समारोहमा शिक्षा मन्त्रि गिरीराजमणि पोखरेलले मल्ललाई राष्टिय शिक्षा पुरस्कार २०७४बाट सम्मानित गर्नु भएका हुन ।

मन्त्रि पोखरेलले पत्रकार मल्ललाई नगद ५१ हजार रुपैया समेत प्रदान गरे । काठमाण्डौ उपत्याका बाहिर एकल रुपमा राष्ट्यि शिक्षा पत्रकारिता पुरस्कार पाउने मल्ल पहिलो पत्रकार पनि हुन।

सोही अवसरमा मन्त्रि पोखरेलले प्रदेशस्तरको शिक्षा पुरस्कारबाट कपिलवस्तुकी पत्रकार पार्वती पाण्डे र शिक्षा लेखनबृत्तिबाट बुटवलकै दैनिक पत्रका पत्रकार तेजेन्द केसी तथा प्युठानका पत्रकार केशर रोकालाई पनि सम्मान गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*