बुटवलमा न्यू होराइजन मोडेल युनाईटेड नेशन शुरु

२८ असार ,बुटवल । बुटवलमा माध्यमिक तहका स्कुले विद्यार्थीको नेतृत्व विकासका लागि मोडेल युनाईटेड नेशन कार्यक्रम बिहीबार देखि सुरु भएको छ ।

न्यू होराईजन मावि र हाउस अफ युथ डायलग बंगलादेशको संयुक्त आयोजनामा भएको कार्यक्रम तीन दिनसम्म चल्ने छ ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख लोकराज पन्थीले स्कुले विद्यार्थीका लागि नेतृत्व र ब्यक्तित्व विकासको अपरिहार्य आवश्यकता पर्ने भएकाले यस्ता कार्यक्रमले शैक्षिकसँगै आन्तरिक क्षमताको विकासमा महत्वपुर्ण भुमिका खेल्ने बताए ।

एच.वाई.डीका जनरल सेक्रेटरी कुशल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्याब्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल, होराईजन संस्थाका अध्यक्ष ज्ञानेन्द्र कसजु, प्रिन्सिपल लोकनाथ उपाध्याय, सिद्धार्थ बोर्डिङ्ग स्कुलका प्रिन्सिपल यमबहादुर राना, एक्पोर्ट एजुकशनल भिजा सर्भिसेजका पिआरओ भूवन अर्याल, शिक्षक कल्पना कुशुम , प्रकाश गौतम, विद्यार्थी सविन खान लगायतले याे कार्यक्रम विद्यार्थीका लागि उपलब्धि मुलक रहेको बताए ।

कक्षा ८, ९ र १० का विद्यार्थीहरुको नेतृत्व र ब्यक्तित्व विकाससँगै उनीहरुको क्षमताअभिवृद्धि गर्ने उद्देश्यले बुटवलको होराईजन मावि कालिकानगरमा आयोजना गरिएको कार्यक्रम असारको २८, २९ र ३० गते गरि तीन दिन चल्ने छ ।

न्यू होराईजन मोडल युनाईटेड नेशन नाम दिइएको कार्यक्रममा रुपन्देहीका १० विभिन्न विद्यालयका २ सय विद्यार्थीहरु सहभागि छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*