शंकरनगरमा जारी खुल्ला टि–२० क्रिकेटमा नमस्ते नेपाल क्रिकेट क्लब र नव ज्योति युवा क्लब समूह बि बिजयी

रेनुका गिरी

बुटवल, ५ चैत ।

तिलोत्तमा नगरपालीकामा–१ शंकरनगरमा जारी खुल्ला टि–टवान्टी क्रिकेट प्रतियोगितामा सोमबार भएका दुई खेलमा नमस्ते नेपाल क्रिकेट क्लब र नव ज्योति युवा क्लब समूह बि बिजयी भएको छ ।

आज भएको पहिलो खेलमा नमस्ते नेपाल क्रिकेट क्लबले जन ज्योति क्रिकेट क्लबलाइ ७ विकेटले पराजित गरेको छ । टस हारेर पहिलो ब्याटिङ्ग गरेको जन ज्योति क्रिकेट क्लबले१९ ओभरमा अलआउट हुदै ११० रन बनाएको थियो । १११ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नमस्ते नेपाल क्रिकेट क्लबले मात्र ३ विकेटको क्षतिमा १० दशमलव ३ ओभरमै १११ रन बनाउदै बिजयी एको होे । खेलमा नमस्ते नेपालका संगम राना म्यान अफ दी म्याच घोषित भएका छन् ।

त्यस्तै दोस्रो सोमबार नै सम्पन्न दोस्रो खेलमा रामापुर क्रिकेट क्लब लाइ पाखा लगाउदै नव ज्योति युवा क्लब समूह बि बिजयी भएको छ । टस जितेर पहिले ब्याटिङ्ग गरेको नव ज्योति युवा क्लब समूह बि ले २० ओभरमा ६ विकेट दिदै २ सय ९१ रन बनाएको थियो । २९२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको रामापुर क्रिकेट क्लबले ८ विकेटको क्षतिमा २० ओभरसम्म जम्मा १ सय ७१ रन बनाएर हार खेप्नु पर्यो । खेलमा नव ज्योति युवा क्लब समूह बि का तुल बहादुर थापा म्यान अफ दी म्याच भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*