भैरहवामा यति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो, जहाज धावन मार्गमै रोकिएपछि विमानस्थल बन्द

चैत ४ भैरहवा ।  त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा बंगला एयरको विमान दुर्घटना भएको एक साता नबित्दै भैरहवामा अर्को विमान ठूलो दुर्घटनाबाट जोगिएको छ । भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतवार यती एयरको विमान चक्का लक भएपछि विमानस्थलको धावनमार्गमै अड्किएको छ ।

काठमाडौंबाट २६ यात्री बोकेर भैरहवाका लागि उडेको यती एयरको नाइन एन एजेसी कल साइनको चार्ली विमानको अवतरको क्रममा गौतमबुद्ध विमानस्थलमा चक्का लक भएको हो । विमानमा रहेका यात्रु र चालक दलका सदस्यहरु भने सकुसल रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जहाजको चक्का लक भएकाले त्यसलाई दुर्घटना नै भन्न नमिल्ने बताउनुभयो । ‘विमान ल्याण्ड भइसकेपछि धावनमार्गमा गुड्ने क्रममा चक्का लक भएको हो ।

यती एयरको जहाज धावन मार्गमै रोकिएपछि भैरहवा विमानस्थलका सबै उडानहरु स्थगित गरिएका छन् । भोलि काठमाडौंबाट प्राविधिक आएर विमानको चक्का खोलेपछि मात्रै विमानस्थल सञ्चालनमा आउने जनाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*