प्रदेश ५ मा थपिए ३ मन्त्री, एमालेलाइ उद्योग पर्यटन र भुमि ब्यवस्था, माओबादी केन्द्रलाइ सामाजिक

५ चैत, बुटवल । प्रदेश ५ को प्रदेश सरकारमा ३ मन्त्री थपिएकाछन् । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले आज मन्त्रिपरिषदको बिस्तार गर्दै प्रदेश नम्बर ५ मा ३ जना मन्त्रीहरु थप्नु भएको छ ।
मुख्यमन्त्रीबाट थप गरिएको ३ जना मन्त्रीहरुले आजै एक कार्यक्रमका बिच प्रदेश नम्बर ५ का प्रदेश प्रमुख उमाकान्त झाले पद तथा गोपनियताको सपथ गराउनुभएको छ ।
मन्त्रीपरिषदमा एमालेले दुई मन्त्री र माओबादी केन्द्रबाट १ मन्त्री थएिका छन् । यस अघि नै प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र आरती पौडेललाई मन्त्री बनाउने निर्णय गरेको थियो । गिरीलाई उद्योग पर्यटन तथा वाताबरण र पौडेललाई भुमि ब्यवस्था तथा कृषि मन्त्रीको जिम्मेवारी दिईएको छ । प्रदेश मन्त्रीमण्डलमा माओबादी केन्द्रका सुदर्शन बराललाई सामाजिक बिकास मन्त्री तोकिएको छ ।


गिरी रुपन्देहीको निर्वाचन क्षेत्र नंम्बर २ ‘क’ र पौडेल बांके क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने बराल गुल्मी १ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
यसअघि फागुन ३ गते मुख्य मन्त्री सहित ३ जनाको मन्त्रीमण्डल गठन भएको थियो । शंकर पोखरेलको नेतृत्वको सरकारमा कुलप्रसाद केसी र वैजनाथ चौधरी नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन । नव नियुक्त मन्त्रीहरुले आजै आफ्नो कायैभार ग्रहण समेत गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*