तिलोत्तमामा जारी प्रथम एनजेवाईसी खुल्ला टि–२० क्रिकेट प्रतियोगितामा आज सुपरस्टार क्रिकेट क्लब, धकधई र बुटवल राईनोज क्रिकेट क्लब विजयी

४ चैत, बुटवल । तिलोत्तमा नगरपालिकाको चपरहट्टी खेलमैदानमा जारी प्रथम एनजेवाईसी खुल्ला टि–२० क्रिकेट प्रतियोगिताको आईतबारको खेलमा सुपरस्टार क्रिकेट क्लब, धकधई र बुटवल राईनोज क्रिकेट क्लब विजयी भएका छन । पहिलो खेलमा सुपरस्टारले सेमरामाथि ८ विकेट र बुटवल राईनोजले सुर्यपुरा क्रिकेट क्लबमाथि ४ रनको जित निकालेको हो ।

पहिलोे खेलमा टस जितेर ब्याटिङ्गको निर्णय गर्दैै मैदान उत्रेर सेमराका ब्याट्सम्यानहरुले १८ ओभरमा पुरै विकेट गुमाएर केवल ८८ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि प्रमोद भट्टराईले २० बलमा २६ रन तथा अमितले ११ बलमा १६ रन जोडेका थिए । खेलमा सुरपरस्टार अलराउण्डर अखलेश खानले ४ ओभर बलिङ्ग गर्दै ४ विकेट लिन सफल भएका थिए ।

कम लक्ष्य पछ्याएको सुपरस्टारका ब्याट्सम्यानहरुले केवल २ विकेटको नोक्सानीमा ८ ओभरमा नै जित हासिल गरेको थियो । उसका लागि निश्चल चौधरीले २८ रन तथा महिउल्लाह २९ रन जोडेका थिए । सेमराका सुरेन्द्र श्रेष्ठ र निशान पुरीले समान १–१ विकेट लिएका थिए । खेलमा सुपरस्टारका अलराउण्डर अखिलेश खान म्यान अफ दी म्याच घोषित हुदै पुुरस्कृत भएका थिए ।

यसैगरि आईतबार नै भएको दोस्रो खेलमा टस जितेर सुर्यपुराले फिल्डिङ्ग रोजेपछि ब्याटिङ्गका लागि मैदानमा छिरेको बुटवल राईनोजका ब्याट्सम्यानहरुले १७ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रनको लक्ष्य खडा गरेको थियो । उसका लागि कोलाज जोशीले २३ रन तथा ईश्वर खनालले १० रन जोडेका थिए ।

बुटवल राईनोजका सन्तोष क्षेत्री ४ विकेट, सन्जु क्षेत्री २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको सुर्यपुराका ब्याट्सम्यानहरु १८ ओभरमा १ सय ५ रन बनाउदै अल आउट भएका थिए । उसका लागि सन्तोष क्षेत्री १७, समिर खान १२ रन जोडेका थिए जुन जितका लागि पर्याप्त भएन । राईनोजका अनुप भुषाल खेलमा म्यान अफ दी म्याच घोषित हुदै पुरस्कृत भएका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*