कांग्रेस प्रदेश ५ संसदीय दलको नेतामा बलदेब शर्मा सर्बसम्मत चयन

५ चैत, बुटवल । नेपाली कांग्रेस प्रदेशसभा ५ संसदीय दलको नेतामा बलदेब शर्मा आचार्य सर्बसम्मत चयन भएका छन् । आज अपरान्ह २ बजे हुने भनिएको मतदान अघि नै  रुपन्देहीका बलदेश शर्मा आचार्यको नाममा सहमति जुटेपछि शर्मा संसदीय दलको नेता बनेका हुन् ।
नेता बन्नका लागि  शर्मा संगै पाल्पा कांग्रेसका सभापति समेत रहेका बीरबहादुर राना, कपिलबस्तुका नेता बीरेन्द्र कनोडीया, रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्बाचित युवा नेता फकरुद्धिन खां र दाङका नेता डिल्ली चौधरीले उम्मेद्धारी दर्ता गराएका थिए ।
सांसद बलदेव शर्मा  र अन्य चारजनाले फागुन ६ गते संसदीय दलको नेता बन्नका लागि उम्मेदबारी दिएका थिए । संसदीय दलको नेतामा पाच जनाको उम्मेद्धारी परे पछी सहमतिका लागि पटक पटक मतदानको कार्यक्रम स्थगित गरीएको थियो ।
नेता चयन पछि उनले अब सरकारले गर्ने काम गुण र दोषका आधारमा समर्थन की बिरोध गर्ने भन्ने तय हुने बताए । आज संसदीय दलको नेतामा सर्वसम्मत भएका शर्मा प्रदेश नम्वर ५ का जेष्ठ सदस्य हुन । उनले नै प्रदेश सभामा सभामुख चयन हुनु अघि प्रदेश सभामा सभामुखको भुमिका निर्वाह गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*