उपराष्ट्रपति पुनले लिए पद तथा गोपनीयताको शपथ

५ चैत, काठमाडौँ । नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उहाँलाई शपथ गराउनुभएको हो ।

समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम मुकायम प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरु, सांसदलगायतको उपस्थिति थियो । उहाँ आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित हुनुभएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*