अन्य देशको तुलनामा नेपाली मिडिया अझै पनि राष्ट्र मैत्री बन्न सकेको छैन : मुख्यमन्त्री पोखरेल

५ चैत, बुटवल । पाचँ नम्बर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले नेपाली मिडिया राष्ट्रमैत्री बन्नुपर्ने बताएका छन् । दैनिकपत्र दैनिकको १४औं बार्षिकउत्वसको अवसरमा प्रकाशित ‘संघीयता र समृद्धि, बिशेषाङ्कको सोमबार बुटवलमा बिमोचन गर्दै मुख्य मन्त्री पोखरेलले अन्य देशको तुलनामा नेपाली मिडिया अझै पनि राष्ट्र मैत्री बन्न नसकेको दृष्टान्त प्रस्तुत गर्दैआगामी दिनमा थप जिम्मेवार बन्नु पर्ने बताए ।

उनले राष्ट्रलाई हित पु¥याउने सूचना, समाचार र बिचार प्रदान गर्न सञ्चार क्षेत्रलाई आग्रह गर्दै मिडियाको भूमिका संघीयता कार्यान्वयनको पक्षमा हुनु पर्ने बताए । मिडियाहरुपनि समयको माग र आवश्यकता संगै परिवर्तनलाई आत्मसाथ गरी आगडि बढ्नुपर्नेमा जोड दिए ।

उनले संविधान सभाबाट नयाँ सविधान जारी भएपछि अधिकारमुखी आन्दोलनलाई कर्ममुखी बनाउनु पर्नेमा जोड दिए ।

पुर्व सञ्चार मन्त्री समेत रहेका पोखरलले आफु पत्रकार नभए पनि मिडिया राम्रोसगँ बुझेको भन्दै ५ नम्बर प्रदेशका मिडिया सवल बनाउन आफु लाग्ने बताए । प्रदेश सरकारसगँ जनताको धेरै अपेक्षा भएकोले जनतालाई निरास नपार्ने गरी स्रोत र साधन खोजी गरी काम गर्ने बताए ।

कार्यक्रममा लुम्बिनी विश्व विद्यालयका रजिष्ट्रार तिलक आचार्यले बोल्दै मिडियाले संघीयता कार्यन्वनको लागि थप सशक्त रुपमा लाग्नु पर्ने बताए । उनले बिगतमा दलगत पत्रकारिता रहेको स्मरण गर्देै अव समृद्धितर्फ लाग्नु पर्ने बताए ।

दैनिक पत्र दैनिकका प्रधान सम्पादक तथा कार्यकारी प्रमुख बालकृष्ण चापागाईंले अवको पत्रकारिता समृद्धिको लागि हुनुपर्ने बताए । उनले समाज परिवर्तनको लागि पत्रकारिताले गरेको योगदानको दलहरुबाट उचित मुल्यांकन हुन नसकेकोभन्दै पत्रकारिताले जहिले पनि न्याय,समानता र स्वतन्त्रताको पक्षमा योगदान दिईरहने बताए ।

बुटवल मिडिया प्रकाशन प्रालिका संचालक सदस्य अनुपमान शैजुको अध्यक्षतामा भएको कार्यक्रममा डा.बाबुराम ज्ञावलीले बिषेशांकको समिक्षा र नेपाल पत्रकार महासघ रुपन्देहीका सचिव रामप्रसाद आचार्य र ऋषि आजादले दैनिक पत्र दैनिकले मोफशलको पत्रकारितामा नेतृत्वदायि भुमिका खेलेको चर्चा गर्दै शुभकामना ब्यक्त गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*