सिद्धबाबामा ढुंगा खस्दा बुटवल पाल्पा सडक खण्ड अबरुद्ध ( भिडियो सहित )

२९ पौष, बुटवल । बुटवल पाल्पा सडक खण्ड केहिबेर अघिबाट अबरुद्ध भएको छ । पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै माथिबाट खसेको ढुंगाले सडक अबरुद्ध बनाएको हो ।

सडक पुर्णरुपमा अबरुद्ध हुदा दुबैतर्फ सबारि साधनको लामो लाईन लागेको छ । ढुंगा खस्दा कुनै मानबिय क्षति  नभएको र सडक खुलाउने प्रयास भैरहेको ईलाका प्रहरि कार्यालय बुटवलले जनाएको छ ।