कारको ठक्करबाट मणिग्राममा एक महिलाको मृत्यु, एक घाईते

२९ पुस, तिलोत्तमा । कारले ठक्कर दिदा रुपन्देहीको मणिग्राममा एक महिलाको ज्यान गएको छ । दुर्घटनामा तिलोत्तमा ४ बिस्नुपुरकी ३३ बर्सिय मिरा गुरुङको ज्यान गएको हो । कारले ठक्कर दिएर गम्भीर घाइते भएकी गुरुङको अस्पताल पुर्याउदै गर्दा मृत्यु भएको हो । सो दुर्घटनामा सोहि स्थानकी २३ बर्षकि यमकली खत्री घाइते भएको अस्थायी प्रहरी चौकी ड्राइभरटोलले जानकारी दिएको छ । घाइतेको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचार भैरहेको प्रहरिले जनाएको छ ।

क्रिमसन अस्पताल अगाडि राजमार्गमा बाटो काट्दै गरेका महिलहरुलाई बा १५ च ७२६५ नम्बरको कारले ठक्कर दिएको हो । कार र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरिले जनाएको छ ।