युवतीले लिलाममा राखिन् करोडौं रुपैंयामा कुमारित्व

रोमानियामा बस्ने किशोरी अलेक्जेण्ड्रा कैकरिनले जर्मनीमा आधारित सिन्ड्रेला एस्कर्ट एजेन्सीमार्फत् आफ्नो कुमारित्व लिलामीमा राखेकी थिइन् । उनले त्यसको मूल्य ८ लाख पाउन्ड (१० करोड ९६ लाख रुपैंया) राखेकी थिइन् । उनले भनेकी थिइन्, ‘म कुमारित्व गुमाएर आफ्नो परिवारको लागि घर खरिद गर्न चाहन्छु ।’

जब छोरीको यस्तो उद्घोष बुवाआमाले थाहापाए, उनीहरु निकै खिन्न भए । उनीहरुले एक टेलिभिजन अन्र्तवार्तामा भने, ‘हाम्रो छोरीले आखिर किन यसो भनिरहेकी छिन्, हामी दुखी छौं । उनले घर जोगाउनका लागि कुमारित्व बेच्ने कुरा गरेकी छिन् तर हाम्रो घरको कुनै फाइनान्सियल लोन छैन ।’ किशोरीको पिता प्रहरी र आमा फर्मासिस्ट हुन् । उनीहरु कुनै हिसावले ऋणमा डुबेका छैनन् । सबैकुरा थाहा पाएपछि अभिभावकले किशोरीलाई त्यस्तो हर्कत गर्नबाट रोक्न खोजेका थिए । तर, उनी रोकिइनन् । एक कदम अघि बढेर भनिदिइन्, ‘म १८ बर्षकी हुँ । र, म आफ्नो शरीरको लागि जे गर्न पनि राजी छु ।’

कैफरिनका अनुसार उनले १५ बर्षमा एक फिल्म हेरेकी थिइन्, टिभीमा । त्यसमा एक किशोरी आफ्नो आवश्यक्ता पुरा गर्न एक रातका लागि आफु स्वयंमलाई बिक्री गर्छिन् । यहि फिल्म हेरेपछि उनलाई भर्जिनिटी बिक्री गर्ने आइडिया आएको थियो ।

जसै कुमारित्व लिलामीमा राखिन्, हङकङका व्यापारी अघि सरे । त्यसका निम्ति उनले १० करोड रुपैयाँभन्दा बढी मूल्य चुकाए । किशोरी १८ बर्षकी थिइन् । एजेन्सी