कलिलो उमेरकी प्रसिद्धीको परिपक्क अभिनय- भिडियो सहित

असार २३, बुटवल । उमेरले भर्खरै १३ बर्ष टेकेकी डान्सर प्रसिद्धी ढकाल नृत्य र अभिनयमा भने परिपक्क देखिएकी छन । बिभिन्न नृत्य प्रतियोगितामा उत्कृष्ट हुदै आएकी प्रसिद्धी ढकालले मोडलिङमा चालेको पहिलो पाईलाले नै चर्चा बटुल्न थालेको छ । स्वाभिमान कृयसनले बजारमा ल्याएको “माया मिसाउनी” बोलको तीज गीतबाट ढकालले आफ्नो मोडलिङको यात्रा शुरु गरेकी हुन । सो गितमा उनले गरेको मोडलिङ एक अनुभबि कलाकारको भन्दा केहि कम छैन ।

दिपक गरौजाको शब्द तथा लय रहेको सो गीतमा हास्य कलाकार उज्जवल गिरी दानबिर र आरती रुचालले स्वर भरेका छन ।सो गिती कोसेलिमा बालापनको प्रेमलाई ढालिएको छ ।

बुटवलको समिट बोर्डिङमा कक्षा ८ मा अध्यनरत प्रसिद्धीले बागेश्वरी संगितालयमा नृत्य प्रशिक्षण समेल लिदै आएकी छन । सो म्यूसजक भिडियोलाई बिष्णु भट्टराईले निर्देसन गरेका छन ।

सो गितको म्यूजिक भिडियो हेर्न तल क्लिक गर्नुहोस ।