हेल्लो अशोक जी, किन यति राती ? म बोले


बाबुराम गैरे
असार २४, बुटवल । रातीको १० बजि सेकेको थियो, मोवाईलमा घण्टी बज्यो । अशोक गौतम क्षितिज कलिङ । “हेल्लो अशोक जी किन यति राती?” म बोले । “सर भोली बिहान कत्तिको फुर्सद छ?” प्रश्न आयो । “कति बेला?” सोधे मैले । “त्यस्तै ७ बजेतिर उत्तर पाए” । आउने बिहान असार २४ गते सनिबार थियो । मेरि श्रीमती बिहान एउटा तालिममा जादै थिईन । म छोरी हेर्ने र खाना पकाउने जिम्मेवारीमा थिए । छोरीलाई त्यति सन्चो पनि थिएन । त्यसैले मैले सबै बाध्यताहरुको जानकारी दिदै ११ बजे अघी समय नभएको सुनाए ।

मैले मेरो स्पष्ट कुरा सुनाएपछि मलाई समय निकाल्न भनेर थप अड्डि लिन पनि सकेनन उनले तर “ए हो ल ठिकै छ” भन्ने उनको जवाफमा मैले केहि बेखुसिपन चाहि स्पष्टै महसुस गरे । झण्डै झण्डै फोन राख्ने सम्म कुरा पुगी सक्न लाग्दा मलाई बल्ल होस भयो कि अखिर मलाई बिहान फुर्सद भएको भए के हुन्छ भनेर । हतार हतार पश्न गरिहाले के काम थियो होला भनेर । भोलि बिहान सिद्धवावा जाम भन्ने प्रश्ताव रहेछ ।

बेलाबेलामा जिवनमा स्कोर्पियो चड्ने लक्ष सुनाउने गरेको ले पनि मैले झट्ट मजाक गरेझै गरि भनिहाले “आयो कि क्या हो स्कर्पियो?” हास्दै होईन सर, भोलि मेरो जन्म दिन उनले जवाफ दिए । उतैबाट फोन आएको मौकामा मैले जन्म दिनको सुभकामनाका दुईचार शब्द पनि जोडिहाल] र भने अनि जन्मदिनमा त साझ पो त साथीभाई जम्मा हुने केको एका बिहानै सिद्धवावा । मैले पनि साघुरो मनले सोचेछु सायद ।

युवा साहित्यकार समेत रहेका क्षितिजले केहि सामाजीक भावका शब्दहरु दर्साउदै जन्म दिनका अबसरमा सिद्धवावामा रहेका गरिव बृद्ध आमा बुवाहरुलाई आफुसक्दो सहयोग गर्ने योजना रहेको सुनाए । म अरु धेरै केहि बोलिन, मैले भोलि बिहान मेरो घरको जिम्मेवारीको बिकल्पको बारेमा पनि नसोची बिहान ७ बजे आफु सिद्धवावा उपस्थित हुने पुरै भरोसा दिलाए र भोलिपल्ट उपस्थित पनि भए सो कार्यक्रममा ।
युवा संचारकर्मी तथा साहित्यकार क्षितिजले जन्म दिनको अबसरमा सिद्धबाबामा रहेका ३० जना बढि गरिव, दुखि बृद्धबृद्धा र बालबालिकाहरुलाई फलफुल , बिस्कुट र जुस बितरण गरेर आफ्नो जन्मदिन मनाएका छन ।

यति मात्रै होईन आजकै दिन लामो समय देखि युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गराईरहेका रुपन्देहीको मर्चवार निवासि रामदिन कहार र मुन्नि कहारका ७ बर्षिय छोरा सरद कुमार कहारलाई एक युनिट रगत समेत दान गरेका छन । गत जेष्ठ ४ गते ट्र्याक्टरको ठक्करबाट घाईते भएका सरदको रगत अभावका कारण अपरेसन हुन सकेको थिएन । धेरैजासेले जन्म दिन साझ रेष्टुरन्टमा बसेर मनाउछन र घर फर्किदा मापसेमा परेर एक रात प्रहरी चौकी मै बास हुन्छ ।

क्षितिजले त्यसरी अनाबस्यक खर्च गर्नु भन्दा आफ्नो क्ष्यमता अनुसारको सामाजिक सहयोग गरेका छन । पछिल्ला दिनहरुमा केहिले जन्म दिनलाई यसरी नै बिशेष रुपमा मनाउन थालेका छन । यसको एउटा उदाहरण बनेका छन क्षितिज पनि ।

फोटो फिचर


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*