सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक ममर्त अाजदेखि सुरू, दिनभर सवारी अावागमन बन्द हुने

२३ असोज, बुटवल। सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्रको सडक खण्ड आज (सोमबार) बन्द हुने भएको छ । सवारी आवागमन नरोक्दा मर्मतमा अवरोध आउने भएकाले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मका लागि सवारी आवागमन बन्द गर्न लागिएको हो ।

पाल्पाका ट्राफिक प्रहरी प्रमुख प्रवीण आचार्यले सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म सडक मर्मत गर्न लागिएकाले सवारी आवागमन रोकिएको जानकारी दिए ।

 

डिभिजन सडक कार्यालय पाल्पाले सडक मर्मत छिटो गर्ने गरी काम अघि बढाएको जनाएको छ । तानसेन–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–२ दोभान र सिद्धबाबाको बीचमा सडकमाथिदेखि ढुंगासहितको पहिरो खस्दा तीन जनाले ज्यान गुमाइसकेका छन् ।

सिद्धबाबा क्षेत्रमा असोज ९ गतेदेखि पहिरो झर्न थालेपछि सडक अवरुद्ध हुँदै आएको थियो । बुटवलबाट पोखरा, स्याङजा, गुल्मी, अर्घाखाँची, बाग्लुङ जाने यात्रुका साथै र बुटवलतर्फ जाने सवारीसाधन रोकिएपछि यात्रु मारमा परेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*