सिद्धवावा सडक खण्ड अबको दुई वर्षभित्रमा सुरक्षित हुने सांसद पाण्डेको आश्वासन

२१ असोज, बुटवल । दुर्घटनाग्रस्त बुटवल तानसेन सडकको विकल्प खोज्न सरोकारवालाहरुले माग गरेका छन् । सरकारले सिद्धबावा क्षेत्रमा दुर्घटनाबाट भएको मानव मृत्युलाई वेवास्ता गरिरहेको भन्दै वक्ताहरुले छिटै विकल्प खोज्नुपर्ने बताए ।
सुरक्षित यात्रा अभियानले सनिवार बुटवलमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै वक्ताहरुले सुरुङमार्ग, बेन्चकट प्रबिधि तथा रकनेट प्रबिधि जुनसुकै प्रयोग गरेपनि मानविय मृत्युलाई घटाउने गरी काम गर्नुपर्ने औल्याए ।
कार्यक्रममा बोल्दै सांसद सोमप्रसाद पाण्डेले सिद्धबावाको दिर्घकालीन सडक व्यवस्थापनका लागि सुरुङमार्ग सबैभन्दा उपयुक्त विकल्प भएको बताउनुभयो । आफूले बिगतका वर्षदेखि संसददेखि सडक बिभागसम्म कुरा उठाईरहेको भन्दै ठोस काम हुन नसकेकोमा चिन्तित भएको बताउनुभयो । उहाले अबको दुई वर्षभित्रमा यसको विकल्प बनि छाड्ने दावि गर्नुभयो ।

कार्यक्रममा इन्जिनियर लिलाबहादुर भण्डारीले सिद्धबावामा अपनाउन सकिने सुरुङमार्ग, बेञ्चकट, रकसेट लगायतका प्रबिधीका बिषयमा जानकारी गराउनुभएको थियो । झण्डै साढे तीन किलोमिटरको जोखिमपूर्ण सडकमा बेन्चकट प्रबिधि उपयुक्त हुने उहांको सुझाव थियो । जुन प्रबिधिले सडक बनाउंदा निस्किने ढुंगाबाट मात्रै सरकारले अर्बौ आम्दानी गर्न सक्ने र सडक पनि सुरक्षित हुने उहांले बताउनुभयो ।

सुरक्षित यात्रा अभियान नेपालका महासचिव दिनेश पाण्डेले कार्यक्रमको सहजीकरण गर्दै सिद्धबावा सडक खण्डमा १ सय १३ स्थानमा पहिरो झर्ने गरेको बताउदै तिनै पहिरोमा परि पछिल्लो दश वर्षमा ६६ जनाले ज्यान गुमाएकोले सम्वेदनसिल हुन सरोकारवालाहरुलाई आग्रह गर्नु भयो ।

हरेक दिन ठुला ठुला ढंगा सहितको धुले पहिरो झरी रहने उक्त सडक खण्डको बैकल्पिक मार्ग समेत नहुदा यात्रुले सास्ती पाउदै आएका छन् भने पछिल्लो केहिदिन यता उक्त सडक खण्डमा ३ जनाले ज्यान गुमाएका छन

सो अवसरमा इन्जिनियर एसोसिएसनका अध्यक्ष दुजेन्द्र बस्नेत, रोडा ढुंगा व्यवसायी गोपाल ज्ञवाली, तिनाउ गाउंपालिका अध्यक्ष ओमबहादुर राना, प्रेम पाण्डे, पदम कार्की, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल,सुर्यबहादुर भट्टराई, लगायतले बोल्दै आर्थिक, पर्यटन मार्गका रुपमा रहेको बुटवल पाल्पा सडक खण्ड व्यवस्थापनमा तत्काल काम शुरु गर्नुपर्ने बताउनुभएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*