“सबैका आराध्यदेव विश्वकर्मा “

चक्रपाणी डुम्रे

हरेक वर्ष आश्विन एक गते विश्वकर्मा भगवानको पुजा गरिन्छ ।भगवान विश्वकर्मा सन्दर्भमा पौराणिक प्रसङ्ग छ कुनै समय माता लक्ष्मी भगवान विष्णु सङ्ग प्रश्न गर्दै भन्नु भो भगवान ।भक्तहरु हजुरको अनेक रुपको भक्ति पुर्वक पृथ्वीमा पूजाआजा गर्छन् ।

यी सबै रुप समान नै छन् कि फरक छन् ? तब विष्णु भगवानले भन्नुभयो त्यही रूपको बारे भन्छ हे लक्ष्मी तिमी सुन चारैतिर प्रकाशित गर्ने सुर्यका समान चम्कने विश्वकर्माको रूप धारण गरी सृष्टि गर्ने इच्छा जाग्दछ पहिले ब्रह्मालाई रच्दछु ।

त्यसपछि ॠग्वेद ,यजुर्वेद,सामवेद लगायत शिल्प कलाको प्रतिपादक अथर्व वेदको पनि प्रदान गर्दछु। यही वेदद्वारा शिल्पकारहरुले अनेक वस्तु रचना गरेका हुन् ।तसर्थ जो शिल्पकार विश्वकर्मा भगवानको ध्यान गर्दछ उसको सबै दु:ख हटेर जान्छ । यसरी श्री विष्णुले आफ्नो रुपको वर्णन गर्नुभयो।यै पौराणिक मान्यता अनुसार विश्वकर्मा भगवानका रुपमा मान्दै अएको हो ।

कसैले विश्वकर्मालाई ब्रह्माका पुत्र पनि मान्छ्न। विश्वकर्मा पूजाको दिन उद्योग कलकारखाना पुर्णरूपमा बन्ध गरिन्छ । सवारी साधन धोइ धुलाई गरिन्छ । मजदुर हरु पुर्ण बिदामा हुन्छन् र पनि कलकारखानामा जम्म हुन्छन् अनि ध्वजा पतका फुल मालाले आफु सदैव प्रयोग फलामका मेसिनरी औजार ओरपर झकिझकाउ बनाउनुका साथै मेसिनमा स्वस्तिक लेखी पुजा गर्ने गर्दछ्न।

आआफ्नो सवारीसाधनमा विश्वकर्मा भगवानको फोटो टासि पूजा गरिन्छ । यसरी पूजा गर्दा सवारीसाधन छिटो नबिर्गीओस् ,दुर्घटना नहोस् भन्ने कामना गरिन्छ ।घरघरमा फलामका औजार सफा गरि पूजा गरिन्छ।

यसरी वर्षेनी विश्वकर्मा भगवानको पूजा गर्दा उद्योग ,कलकारखाना , ग्यारेज लगायत अन्य मेसिनरी औजार सफा हुन्छन् र लामो समयसम्म टिकाउ हुन्छन् । सङ्गै पूजाआजा रमाइलो गर्दा मजदुर र व्यवसायी सम्बन्ध समधुर हुन जान्छ। भगवान विश्वकर्मा आशिर्वाद सबैलाई मिल्नुका साथै कल्याण पनि हुन्छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*