मिस नेवा लुम्बिनीमा २६ जना

बुटवल, ४ असोज । नेवारी समाज र सस्कृतीको बारेमा जानाकारी दिन, प्रतिष्पार्धाको भावना जागृत गर्नको लागि बुटवलमा पहिलो पटक मिस नेवा लुम्बिनीको आयोजना गरिएको छ ।
मंगलबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी आयोजक बारबरी फेसन हाउसले सबै तयारी पुरा भएको जानकारी दिएको हो ।
फेसन हाउसकी सञ्चालक एलिजा तुलाधरका अनुसार रुपन्देहीको भैरहवा, मंगलापुर, भलवारी, संकनरनगर, भैरहवा लगायत पाल्पाको तानेसनमा समेत अडिसन गरी कुल २६ जना प्रतिष्पार्धीहरु छानिएका छन् ।
जसबाट नै मिस नेवा लुम्बिनी चुनिने छन् । मिस नेवाको टाईटल स्पोन्सको रुपमा ग्लोवल रिच एजुकेशन कन्सल्टेन्सीको विचमा सम्झौता समेत भएको छ ।
सम्झौता अनुसार ग्लोवल रिच मिस नेवा लुम्बिनी हुने छ । कायक्र्रक्रमा ग्लोवल रिचका प्रमुख विशाल श्रेष्ठले नेवारी समुदायबाट प्रतिष्पार्धाको भावना जागृत गर्न मिस नेवा आयोजना गरिएको जानकारी दिए ।
मिस नेवाको उपाधि चुम्ने प्रष्पिधीले नगद २० हजार सहित विभिन्न आर्कषक उपहार पाउने छन् भने फष्ट रनरअपले १५ हजार, सकेण्डरनरअफले १० हजार सहित विभिन्न आर्कषक उपहार पाउनेछन् ।
फाईनल प्रतिष्पार्धा यहि कार्तिक १८ गते बुटवलमा गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*