महान्यायाधीवक्ता श्रेष्ठद्वारा राजीनामा

२९ साउन, काठमाडौं । महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन्। आइतबार श्रेष्ठले प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन्। उनको राजीनामा स्वीकृत भइसकेको छ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले महान्यायाधीवक्तामा नियुक्त गरिएका श्रेष्ठले नयाँ सरकार बनेको करिब दुई महिनापछि मात्र राजीनामा दिएका हुन्।

सरकार परिवर्तनसंगै महान्यायाधीवक्ताले राजीनामा बुझाउने प्रचलन छ। अब प्रधानमन्त्री देउवालाई नयाँ महान्यायाधीवक्ता नियुक्त गर्ने बाटो खुलेको छ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*