बुटवल मिलनचोक वासी धुलोको कारण मार खेप्दै

नारायण वली

बुटवल २६ मंसिर ।
रुपन्देहीको बुटवल उप–महानगरपालिका स्थित मिलनचोक वासी सडक धुलोको कारण मार खेप्दै आएका छन् ।
सडकको संरचना दिन प्रतिदिन विग्रिदै गएकाले सडक छेउछाउमा वसोवास गर्ने स्थानियवासी देखि व्यापारीहरुलाई धुलोले निकै असर पु¥याएको वताएका छन् ।

दैनिक सवारीसाधनहरु ओहोर दोहोर गर्ने उक्त सडकमा व्यवसाय गर्ने व्यापारीहरु प्रत्यक्ष मर्कामा परेको व्यापारीहरुले गुनासो गरेका छन् ।
भर्खरै मात्र सम्पन्न दोस्रो चरणको निर्वाचनका क्रममा यही सडकलाई प्रयोग गरेका नेताहरुले स्थानियवासी तथा व्यापारीहरुलाई पर्न गएको असर वारेमा कुनैपनि चासो नदेखाएको स्थानिय वताउँछन् ।

व्यवसायीहरु भने धुलोले हाम्रा सामानहरुलाई मात्र असर पु¥याएको छैन, हाम्रो स्वास्थ्यलाई गम्भिर असर पु¥याई रहेकाले सम्वन्धित निकायहरुलाई यस तर्फ ध्यानाकर्षण हुन आग्रह गरे । करिव ६ महिना भन्दा वढि भयो स्थानिय निकायको निर्वाचन पश्चात् नगरको मुहार फेर्ने र स्वच्छ बुटवल वनाउने उद्घोष गरेका मेयरसावले सडकका वारेमा कुनै वास्ता समेत नगरेको वताए ।
उनीहरुले भने मानव संसाधन संग प्रत्यक्ष सरोकार राख्ने सडकको अवस्थालाई मजवुत वनाउनु पर्ने भन्दै जीर्ण वन्दै गएको मिलनचोक,तिनकुने सडकको मर्मतसम्भार तत्काल गर्नुपर्ने आवश्यक रहेको र मिलनचोक वासीलाई धुलो मुक्त वनाउनुपर्ने तर्क गरे । सो सडक भएर पारी बुटवलको वुद्धनगर, कालिकानगर, देविनगर, डिङ्गरनगर योगिकुटी,दशविगाहा लगायतका ठाऊँहरुमा पुग्न यो सडकले सञ्जाल जोडेको जानकारी दिदै चार दिशा वाट आवत जावत गर्ने उक्त सडक व्यस्त सडकको रुपमा परिचित रहेको उल्लेख गरे ।

यसैवीच जीर्ण वन्दै गएको सडक र धुलोवाट ग्रसित भएका मिलनचोक वासीहरुको समस्या प्रति तत्काल समाधान नगरिए मिलनचोक,तिनकुने सडक वन्द गरिने एक स्थानियवासीले वताएका छन् । हामी मिलनचोक वासी लामो समय देखि धुलोवाट पिल्सीरहेका छौ । यसको निराकरण वारे कसैको ध्यान पुग्न नसकेपछि हामीले “धुलो अति भो, खाने कति हो” लेखेर पोष्टरै वाटोमा लगाउँदा समेत कसैको नजर पुग्न नसकेकोे उनको भनाई रहेको छ ।

पछिल्लो समय धुलो वाट स्थानिय तथा व्यापारीहरुलाई रुघाखोकी लाग्ने, ज्वरो आउने समस्या लगायत पसलका सामानहरु दिन प्रतिदिन विग्रिदै गएको स्थानिय तथा व्यापारीहरुले दुखेसो पोखेका छन् ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*