बर्षावास बसेका भन्तेलाई कठिन चिवर दान गरि यस बर्षको बर्षावास सम्पन्न

बिमल तिवारी
२३ असोज,बुटवल । बौद्ध धर्ममा बर्षातको समयमा भन्तेहरु ३ महिना बर्षावास बस्ने धार्मिक प्रचलन चलिआएको छ । ३ महिनाको लामो बर्षावास सफलता पूर्वक सम्पन्न गरेको उपलक्षमा भन्तेलाई कठिन चिवर दान गर्ने गरिन्छ ।
बुटवल उपमहानगरपालिका १ पुरानौ बटौलिमा रहेको पद्य चैत्य बिहारले बर्षावास पुरा गर्नुभएका भन्ते कबिन्दोलाई एक कार्यक्रमको अयोजना गरि कठिन चिवर दान गरेको छ । कार्यक्रममा भन्तेका सेवक उपासक उपासिकाले चिवर दान गरेका थिए । भन्तेलाई आवश्यक पर्ने लताकपडा, पञ्चपात्र सहित आठ किसिमका बस्तु दान गरिन्छ । केहि बर्ष यता भन्ते कोबिन्दुले पद्यम चैत्य बिहारमा बर्षावास बस्दै आउनुभएको बिहारका अध्यक्ष गोबिन्दराज शाक्यले जानकारी दिनुभयो ।

असार पूर्णीमा बाट सुरु भई दशैको कोजाग्रत पूर्णीमामा ब्रत समापन हन्छ । कठिन चिवर दान पहिले उपासकउपासिका सहित बिहार बाट निस्केको ्यालिले बुटवल बजारको परिक्रमा गरि पुनः बिहारमा पुगि समापन भएको थियो । ्यालिमा बौद्ध युवा ज्ञानमाला संघ, बौद्ध महिला संघ, तुलसियुत्तः बौद्ध पुस्तकालय, परियति शिक्षा केन्द्र, धर्मोदय शभा र शाक्य समाजको सहभागिता रहेको थियो ।

कठिन चिवर हस्तान्तरण कार्यक्रममा बिभिन्न बिहार बाट भन्तेहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा पञ्चशिल प्रार्थना, बुद्ध पुजा र भन्ते सागर धम्म बाट धर्मदेशना प्रर्वचन भएको बिहारका बरिष्ठ उपाध्यक्ष सुरेशरत्न बज्राचार्यले जानकारी दिनुभयो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*