प्रदर्शनीको तयारी तिब्र, निमार्ण कार्य ८५ प्रतिशत पुरा

बुटवल, मंसिर २७
‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ आउँदो पुस ५ गतेदेखि बुटवलमा सञ्चालन हुने १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ को तयारीलाई अन्तिम रुप दिन तिब्र रुपमा काम भैरहेको छ ।
रूपन्देही उद्योग संघको आयोजनामा हुन लागेको प्रदर्शनीलाई अघिल्ला बर्षहरुमा भन्दा पृथक बनाउने सोंचका साथ काम भैरहेको छ । संघका अनुसार प्रदर्शनीस्थलमा बुधबारसम्म निमार्ण कार्य ८५ प्रतिशत पूरा भएको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक दिनेशराज रेग्मीले प्रदर्शनीको निमार्ण कार्यलाई अन्तिम रुप दिने गरि स्टल निर्माणको काम सकिएको र सचिवालय तथा गेट निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भयो ।
आयोजकले प्रदर्शनीको मूल गेटको ढाचा पशुपतिको मन्दिरको स्वरूपमा निर्माण गर्न लागिएको र त्यसलाई मौलिकतामा ढाल्ने योजना बनाएको छ भने, सचिवालयलाई परम्परागत पहाडी घरहरुको झल्को दिनेगरि खरले छाएको मौलिकता झल्किने बन्न लागेको छ । यता प्रदर्शनी मूल आयोजक समितिका सदस्य सचिव माधव पौडेलले स्टल दर्ताको काम अन्तिम चरणमा पुगेको बताउदै यस पटक ५ सयभन्दा बढी स्टल रहने जानकारी दिनु भयो ।
बुटवल–१० बुटवल मण्डपमा प्रदर्शनी सञ्चालन हुने प्रदर्शनी सुरु हुनु भन्दा अगाडि सम्पन्न गर्नु पर्ने कामका लागि गठन गरिएका उपसमितिहरुको दैनिजस्तै बैठकहरु बस्ने र कामको समिक्षा गर्ने गरिएको संघका कार्यकारी अधिकृत यादव भण्डारीले बताउनु भयो । यसैक्रममा मूल समितिका सहसंयोजक एवं स्टल दर्ता तथा वितरण उपसमितिका संयोजक गणेश प्रसाद अधिकारीले प्रदर्शनीमा प्रविधिलाई विशेष प्राथामिकता दिदै प्रदर्शनी स्थलमै उत्पादनको प्रत्यक्ष अवलोकन गर्ने अवसर यसपटक उपभोक्ताहरु दिने गरि छुटै स्टल क्षेत्र निमार्ण भएको जानकारी दिनु भयो ।
२०७१ सालको १३ औं प्रदर्शनीदेखि नेपाल उद्योग परिसंघको सहकार्यमा उद्योग संघले प्रदर्शनी आयोजना गर्दै आएको छ । स्वदेशी उत्पादनको पहिचान गरि उपभोक्तामाझ कसरी पु¥याउन र नेपालको उद्योगहरूको अवस्था र सम्भावनाको खोजी गर्न सकिन्छ भन्दै सुरु गरिएको प्रदर्शनी आज यस क्षेत्रको लागि अहिले पर्व जस्तै बनेको छ । उद्योग संघले उपत्यका बाहिर पहिलो पटक २०४५ सालमा बुटवलमा प्रदर्शनीको आयोजना गरेको हो । सोही प्रदर्शनीलाई पछयाउदै अहिले देशभर प्रदर्शनी, मेला, महोत्सव गर्ने लहर नैं चलेको छ । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आयोजित प्रदर्शनी पुस १८ गतेसम्म चल्नेछ ।
प्रदर्शनीमा स्वदेशी उत्पादनको प्रदर्शनी, प्रवद्र्धन तथा बजारिकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन एवं सूचना केन्द्र, विभिन्न लोक सांस्कृतिक प्रदर्शन, दोहोरी गीत, लोकगीत र नृत्य प्रतियोगिता, प्रदर्शनी आइडल, औद्योगिक सूचना केन्द्रको संचालन, आकर्षक रेष्टुरेन्टहरू र कृषि ग्राम सञ्चालन हुनेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*