नेपालमा करिब २५ प्रतिशत मानिसमा मानषिक रोग रहेको छ : डा. बिक्रम काफ्ले

 

बिमल तिवारी
२३ असोज,बुटवल । नेपालमा मानसिक स्वास्थ समस्या बिकराल रहेको एक कार्यक्रमका बक्ताले बताएका छन । बिश्व मानसिक स्वास्थय दिवशको अवसरमा बुटवलमा अयोजित एक कार्यक्रममा बोल्ने बक्ताहरुले मानसिक रोग बारे नागरिकमा चेतना नहुनु र स्वास्थ्य सेवाको पहुच नहुदा मानसिक रोग थप जटिल समस्याको रुपमा सृजना भएको बताए ।

कार्यक्रममा बोल्दै मानषिक रोग बिशेषज्ञ डाक्टर बिक्रम काफ्लेले बिश्वमा ४ जना मध्य १ जनामा मानषिक स्वास्थयको समस्या रहेको जानकारी दिनुभयो । करिब २५ प्रतिशत मानिसमा मानषिक रोग रहेको बताउदै काफ्लेले, यसले प्रष्ट हुन्छकी मानसिक रोग निकै डरलाग्दो चुनौतिको रुपमा खडा भएको छ ।

मानसिक रोक बिशेषज्ञ डाक्टर मनोज ढुङानाले मानसिक रोगको उपचार सम्भव हुदा हुदै पनि धेरै मानसिक रोगिले उपचारनै नपाएको बताउनुभयो । मानसिक रोगीले सबै भन्दा धेरै आत्महत्य र लागुऔषधको प्रयोग गर्ने गरेको भन्दै ढुङ्गानाले कुरा नलुकाई खुलेर बोल्दा मानसिक रोग कम भएर जाने बताउनुभयो ।

यस बर्षको मानसिक स्वास्थ्य दिवशको नारा कार्यस्थलमा मानसिक स्वास्थ्य भनिएको छ । आफु कार्यरत संस्थामा हुने बिभिन्न गतिबिधिलेनै मानसिक रोग निम्त्याउने भएकाले काम, व्यायम, मनोरञ्जन सबैलाई सन्तुलन रुपमा लैजानु आवश्यक रहेको बिशेषज्ञको भनाई छ ।

बालरोग बिशेषज्ञ डाक्टर सन्तोष पोखरेलले बाबालिका अध्यन गर्ने बिद्ययालय र घरमा बालमैत्रि वातावरण नहुदा सानै उमेर देखी मानसिक रोग देखापर्न सक्ने भन्दै बाबालिकालाई बोझहुने र जवरजस्ति कुनै पनि कृयाकलापमा लगाउन नहुने बताउनुभयो । धेरै टिभि हेर्ने र मोवाईलमा गेम खेल्ने गर्दा पनि मानसिक रोगको खतारा रहने पोखरेलको भनाई थियो ।

त्यसै गरी साईकोलोजिष्ट यसोदा बगाललेले अफिसको कामले तनाव उत्पन्न हुर्दा मानसिक रोग देखीएको भन्दै कसरी काम गर्दा बिना तनाव कार्यकुशलताका साथ काम गर्न सकिन्छ त्यस तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

रुपन्देही जिल्ला जनस्वस्थय कार्यालय प्रमुख केहरसिंह गोदारले आधारभूत स्वास्थय सेवाको रुपमा मानसिक उपचारलाई पु्याउनुपर्ने बताउनुभयो । मानसिक स्वास्थ्य सेवा क्रमस बिस्तार हुदै गएको र यसले समाजमा मानसिक रोग बारे रहेको भ्रमलाई चिदै बिरामिको पहुचमा बृद्धि गदै लैजान सफल हुने गोदारले बताउनुभयो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*