नमुना कप खुल्ला भलिबल प्रतियोगिता आजबाट शुरू

कपिल अधिकारी

२३ असोज,बुटवल । नमुना युवा क्लव तिलोत्तमा ७ सेमरा बजारको आयोजनामा पाँचौं खुल्ला नकआउट भलिबल प्रतियोगिता २०७४ आजबाट शुरू भएको छ ।

सेमरा मा।वि। को खेल मैदानमा शुरू प्रतियोगिताको आजै एक कार्यक्रमका बीच प्रमुख अतिथी नेपाली काँग्रेस रूपन्देहीका सचिव रामकृष्ण खाँडले उद्घाघाटन गरे । सो अवसरमा बोल्दै खाँडले नमुना युवा क्लवले खेलकुदको क्षेत्रमा देखाएको अग्रसरताको खुलेर प्रशंसा गर्दै क्लवले गर्ने हरेक सामाजिक कार्यहरूमा आफु र आफ्नो पार्टीको सधै सहयोग रहने प्रतिवद्घता व्यक्त गरे ।

क्लवका अध्यक्ष बलीराम मालीको अध्यक्षता एंव चित्र बहादुर गुरूगं र सुमित्रा गुरूगंको बिशिष्ट आतिथ्य रहेको उद्घघाटन सत्रमा बोल्ने बक्ताहरूले आजबाट शुरू गरिएको प्रतियोगिता जिल्ला कै गौरव भएकोले सबैको साथ र सहयोग रहे रूपन्देही कै खेलकुद गतिविधिमा यो प्रतियोगिता सहायक बन्नेमा विश्वास ब्यक्त गरे । क्लवका उपाध्यक्ष दिल बहादुर गुरूगंको स्वागत एंव क्लवका सल्लाहकार शंकर गुरूगंले प्रतियोगिताको उद्देश्य र भावी योजनावारे बोल्नुभएको उद्घाघाटन सत्रको सन्चालन लीलाधर पाण्डेले गर्नुभएको थियो । प्रतियोगितामा भलिबलका राष्ट्रिय रेफ्रीद्घय थमन सिंह गुरूगं र नरेन्द्र सारू मगर एंव क्षेत्रीय रेफ़्रीद्घय बुद्धी बस्याल र राम ब। थापालाई अंपायरको ज़िम्मेवारी तोकिएको छ ।

यसैवीच आजै सम्पन्न उद्घघाटन खेलमा आयोजक नमुना युवा क्लव सेमरा ुबीु लाई २५र१५ र २५र१३ को सोझो सेटमा हराउदै पशुपति भलिबल क्लवले दोस्रो चरणको यात्रा तय गरेको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा जिल्ला भित्र र बाहिरका गरि कुल १२ टोलीको सहभागिता रहेको छ भने भोलीका खेलहरू बिहान ७ बजेबाटै शुरू हुने खेल संयोजक सुधीर रानाले जानकारी दिएका छन ।

शुभ दिपावली एंव छठ पर्वको अवसर पारेर शुरू गरिएको प्रतियोगितामा एक जना राष्ट्रीय र २ जना क्षेत्रीय खेलाडी सहभागी हुन सक्ने प्रावधान रहेको छ । प्रथम पुरस्कार नगद रू ५० हजार रहेको प्रतियोंगितामा द्घितिय, तृतीय र सान्तवना हुने टोलीले क्रमशस् रू २५ हजार, १५ हजार र ७ हजार नगद,शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष बलीराम मालीले बताए । प्रतियोगितामा बेष्ट सेटर, लिफ्टर, प्लेयर, सटर र म्यान अफ दी टूर्नामेंट गरि छुट्टाछुट्टै ५ विधामा खेलाडीलाई पुरस्कृत गरिने खेल संयोजक सुधीर रानाले जनाए । क़रीब ५ लाख ख़र्च लाग्ने अनुमान गरिएको कार्यक्रमको अन्तिम दिन असौज २५ गते विविध सांस्कृतिक कार्यक्रम सहित भलिबल प्रतियोगिताको समापन गरिने कार्यक्रम रहेको क्लवका पुर्व अध्यक्ष प्रदीप थापाले जानकारी दिएका छन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*