सम्बन्धीत निकायको ब्यवस्थाका कारण धर्नावासी पानी चूहावटको मर्कामा

नारायण वली
धर्ना, २७ मंसिर दाङ
दाङ धर्नाका करिव ६ सय किसानहरु डिप बोरिङका भल्वहरु वाट भईरहेको पानी चुहावटका कारण प्रत्यक्ष मर्कामा पर्दै आईरहेका छन् ।

तत्कालिन नेपाल सरकार र राष्ट्रिय योजना आयोगको नीति अनुसार भूमि तथा जलस्रोत विभाग र कृषि कार्यालयको सक्रियतामा सिंचाई विहीन तथा आकाशिय पानीको भरमा खेतीपाती हुने ठाऊँहरुमा सिंचाईको पहँुच पु¥याउने उद्देश्य अनुरुप २०५८ /५९ तिर धर्नामा एकैसाथ तेह्र वटा डिप बोरिङको निर्माण गरिएको थियो ।
डिप वोरिङ निर्माण गर्दा प्रति बोरिङ वरावर तीस देखि पैतिस लाख सम्मको लागतमा वोरिङहरुको निर्माण गरिएको वोरिङ निर्माण समन्वय तथा सञ्चालन समितिले जनाएको छ ।

बोरिङको स्थापना पछि लाभ लिन पाई खुसि भएका किसानहरु अहिले निराश वन्न पुगेका छन् ।
ठाऊँ–ठाऊँमा पानी पु¥याउनका निम्ती निर्माण गरिएका भल्वहरुको मर्मत सम्भार नभएपछि अहिले अधिकांश भल्वहरु बाट वोरिङ चालु रहेको अवस्थामा पानी चुहिने क्रम जारी रहेको किसानहरुले वताएका छन् । पानी चुहावटको मर्कामा पर्दै आईरहेका किसानहरुले पानी सिंचाई गरे बाफत महंगो शुल्क तिर्दै आईरहेको धर्नाका किसानहरु वताउँछन् ।

वर्षेनी पानी चुहिने समस्या खेप्दै आईरहेका किसानहरु अर्काेतिर खेतबारीमा पानी सिंचाई गरे बाफत महंगो शुल्क तिर्नुपर्ने बाध्यता बाट अझै सम्म मूक्ति पाउन सकेका छैनन् । बबई सामूहिक सिंचाई संघ धर्नाका अध्यक्ष कृष्ण बहादुर के. सीले भन्नु भयो यो समस्या धर्ना बासीका लागि निकै ठूलो समस्याको रुपमा वर्षाैं देखि रहेको वताउँदै समस्या समाधानका लागि बबई सिंचाई सघं गम्भिर वनेको जानकारी दिदैं आफूहरु जिल्लाका सम्बन्धित निकाय सगं निराकरणका वारे आग्रह गर्ने वताउनु भएको छ ।
बाोरिङ निर्माण भए पश्चात् सम्बन्धित निकाय भूमिगत जलस्रोत विभाग कार्यालय लमही वाट बोरिङको अवस्था वारे कुनै अनुगमन नहुँदा उक्त भल्वहरुको अवस्था दिन प्रतिदिन बिग्रिदै गएको छ । कार्यालय मात्रै होईन प्रत्यक्ष सरोकार राख्ने स्थानिय बोेरिङ सञ्चालन समितिले पनि भल्वहरुको मर्मत बारेमा कुनै चासो नदेखाउँदा जसका कारण सयौं किसानहरुले घाटा ब्यहोर्नु परेको सघंका अध्यक्ष के.सीको भनाई रहेको छ ।

धर्नामा रहेका तेह्र वटा बोरिङहरु मध्ये सवैभन्दा धेरै पानी चुहावटको मर्कामा पर्दै आईरहेका घोराही ५ साविक धर्ना ७ धौलाडाँडाँका स्थानिय उपभोक्ताहरु रहेका छन् । समयमा बैठक नबसाउने र यदि बसाई हाले पनि सम्पूर्ण उपभोक्ताहरुलाई जानकारी नै नदिई समितिका केहि पदाधिकारीहरु मात्रै बसी निर्णय गर्ने गरेको उपभोक्ताहरु वताउँछन् । उपभोक्ताहरु भन्छन् वोरिङको नियम नीतिका वारे हामीहरु बेखवर हुन्छौं । केहि जानकारी हुदैन,कहिलेकाँही पाईपहरु फुटे त्यसको मर्मत गर्नु पर्दा खाडल खन्नु परेमा मात्र हामीहरुले खबर पाउँछौं । स्थानिय उपभोक्ताहरुको भनाई रहेको छ ।

कतिपय बोरिङहरुमा आर्थिक हिनामिना भएको पनि पाईएको स्थानियहरु वताउँछन् । गाऊँका टाँठाबाँठा कलाउनेहरुले बोरिङको समितिमा बसि उपभोक्ताहरु बाट पानी सिंचाई गरे बाफत उठाईएको संकलित रकम विद्युत् शुल्क र केहि सामाग्रीहरु ल्याएर खर्च बाट कटौती बच्न आउने वचत रकमको सहिरुपमा सदुपयोग नहुँदा पनि स्थानिय उपभोक्ताहरु मारमा पर्नुका साथै पानी चुहावट समस्याको समयमै समाधान हुन नसकेको स्थानिय जानकारहरु वताउँछन् । सम्बन्धित निकाय भूमिगत जलसा्रेत विभाग र स्थानिय उपभोक्ताहरुको व्यवास्ताका कारण पनि यो समस्या किसानहरुका लागि जटिल वन्दै गएको छ ।

६ ईन्च पानीको मात्रा रहेको, र पाईप साना भएका कारण पटक–पटक पाईप फूट्ने समस्या खेप्दै आईरहेको किसानहरुको भनाई रहेको छ । पाईप फुटेपछि सम्बन्धित निकाय भूमिगत जलस्रोत विभाग लमही बाट कुनै सहयोग नपाउने गरेको वताउँदै किसानहरुले आफै व्यक्तिगत पैसा संकलन गरेर पाईप खरिद गरी ल्याउने गरेको साविक धर्ना ७ धौलाडाँडाँका किसान राम वहादुर चौधरीले वताउनुभएको छ ।

८ सय बिगाहा जग्गा क्षेत्रफल समेटेका तेह्र वटा डिप बोरिङहरु बाट पानी सिंचाई गरे बाफत किसानहरुले १ यूनिट बराबर ७ रुपैयाँ तिर्दै आईरहेको किसानहरुले वताएका छन् । अहिले धर्नाका २ र ९ नम्वर वडाहरुमा अरु दुई वटा डिप बोरिङ निर्माणाधिन अवस्थामा रहेको र ती बोरिङहरुले थप एकसय बिघा जग्गा समेटेको घोराही उप महानगरपालिका ५ नम्वर वर्डा कार्यालयले जनाएको छ ।

पानी चुहावटका कारण मर्कामा पर्दै आईरहेका किसानहरुको समस्या समाधान वारे ध्यान दिन सम्बन्धित निकाय भूमिगत जलस्रोत विभागको कार्यालय लमहीमा पटक–पटक डेलिगेशन वुझाईए पनि समाधान वारे अझै सम्म कुनै पहल नभएको किसानहरुले गुनासो गरेका छन् ।

यसैवीच भूमिगत जलस्रोत विभाग लमहीले यसवारे कार्यालय सकारात्मक रहेको जनाउँदै यो समस्या समाधान गर्ने वताएको छ ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*