झापामा बाढीबाट २ जनाको मृत्यु, सडकमै डुंगा चलाएर यसरी उद्धार गरिँदै

 

 

२९ साउन, झापा । लगातारको झरीले झापाको जनजिवन अस्तव्यस्त भएको छ । झापामा बाढीले बगाएर दुई जनाको मुत्यु भएको छ, एक बालिका बेपता भएकी छिन । झापा शिवसताक्षी नपा १ बस्ने २८ बषिय लक्ष्मी पाण्डेको मुत्यु भएको प्रहरी कायालय झापाले जनाएको । पाण्डेलाई घरनजिकैको झिलमिले खोलाले बगाएर मुत्यु भएको हो । त्यस्तै झापा गाउपालिका २ बस्ने ३५ बषिय धनमाया घोसाइनीको मुत्यु भएको छ भने उनको अन्दाजी १५ बषिय कमला घोसाईनी बेपता भएको प्रहरी कायालय झापाका डिएसपी हरिप्रसाद शर्माले बताए ।

झापाका कोरोबारी, कुमरखोद, पाठामारी लागायतका क्षेत्रहरु डुबानमा परेका छन् । यस्तै विर्तामोड, अर्जुनधारा, शनिश्चरे लगायतका क्षेत्र पनि डुवानमा परेका छन् । पूर्वबाट पश्चिम गएका गाडी पुर्वतिरै रोकिएका छन् भने पश्चिमबाट पूर्व आएका गाडी पश्चितमतिरै रोकिएको प्रहरीले जानकारी दिएको छ । यता उर्लावारी बजार पनि डुुवानमा परेको जानकारी प्राप्त भएको छ ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*