चार केजी चरेश सहित युवक पक्राउ

२५ असोज, कञ्चनपुर । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले मंगलबार कञ्चनपुरको बेदकोट नगरपालिकाबाट चार किलोग्राम लागूऔषध चरेश सहित एक युवकलाई पक्राउ गरेको छ ।सुदूरपश्चिम क्षेत्रीय ब्यूरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले बेदकोट नगरपालिका–९ लालपुरदेखि बागफाँटातर्फ गइरहेका दार्चुला ग्वानी–६ का कृष्ण डाँगालाई चरेश सहित नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चरेश र अभियुक्त जिल्ला प्रहरीमा राखेर कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिएका छन् ।
रासस


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*