खजुरालाई स्मार्ट सिटि बनाउछु : कक्षपति {अन्तरवार्ता भिडियो सहित}

जेष्ठ २५, बुटवल । नेकपा एमाले बांँकेले खजुरा गाउपालिकाको अध्यक्षमा पार्टिका जिल्ला सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख किस्मत कुमार कक्षपतिलाई अगाडि सारेको छ । लामो समय पार्टिका बिभिन्न जिम्मेबारी समाल्दै आएका कक्षपति स्थानिय बिभिन्न सामाजिक संघसंस्थामा समेत सक्रिय छन । शुसिल कोईराला क्यान्सर अस्पतालको अध्यक्ष पदमा रहेर उनले सफल कार्यकाल बिताईरहेका छन । गुल्मी जिल्लामा जन्मिएर यतैबाट बिद्यार्थी राजनिति शुरु गरेका कक्षपति नेपालगञ्ज पुगेर पाटिको जिल्ला तहमा एकाएक हाबि भए । उनले पाटिको केन्द्रिय स्तरमा पनि राम्रो पहुच बनाएका छन । खजुराको बिकासका लागि प्रसस्त अबसरहरु आफुले देखेको भन्दै ५ बर्ष भित्र खजुरा गाउपालिकालाई देशकै नमुना गाउपालिका बनाउने उनको अठोट छ । प्रत्येक वडाका अग्रजहरुसंग बसेर निर्माण गरेको उनको घोषण पत्रमा खजुरालाई स्मार्ट सिटि बनाउने प्रमुख  लक्ष्य छ । बिभिन्न संघसंस्था मार्फत स्थानियहरुसंग निकै नजिकको सम्बन्ध स्थापना गरेका कक्षपतिले यो निर्वाचनमा आफ्नो जित सुनिष्चित भएको दाबी समेत गरेका छन । हेर्नुहोस बुलेटिन नेपालका लागि २०७४ जेठ १५ गते लिइएको कक्षपतिसंग क्यामरा पर्सन दिनेश कुमार श्रेष्ठको साथमा सहकर्मी बाबुराम गैरेले गरेको बिशेष कुराकानी भिडियो सहित


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*