अन्तत बुद्ध लामा बने पहिलो “नेपाल आईडल”


७ असोज, बुुुटवल । “नेपाल आईडल” यस बारेमा थाहा नभएको व्यक्ति यति बेला सायद खोजेर पनि भेटिदैन होला । नेपालको इतिहासमा सर्बाधिक रुचाईएको कार्यक्रम हो “नेपाल आईडल” । त्यति मात्रै होइन अहिले सम्मको कार्यक्रम मध्य सबैभन्दा धेरै विवादमा मुछिएको वा तानिएको कार्यक्रम पनि “नेपाल आईडल” नै हो । कहिले जजहरुको पक्षपात त कहिले जातिय भेदभाव यी यस्ता अनेकौ कुराहरुले “नेपाल आईडल” विवादमा परिनै रहयो । तर यी सबै विवाद देखि उठेर र समस्या संग जुधेर अन्तत “नेपाली आईडल” फाईनल सम्म पुगेको छ । हो आज कतारमा भब्य रुपमा “नेपाल आईडल” को फाईनल सम्पन्न भएको छ ।

कतारमा भएको फाईनल कार्यक्रमबाट बुद्ध लामा नेपालको पहिलो “नेपाल आईडल” हुन सफल भएका छन् । दर्शकहरुको अत्याधिक भोट पाएर बुद्धले यो उपाधि जित्न सफल भएका हुन् । उनले बिजेता भए संगै २० लाख नगद , महिन्द्राको एउटा केयुभी कार र १५ लाख बराबरको म्युजिक कन्ट्रयाक्ट समेत प्राप्त गरेका छन् ।

कार्यक्रम हेर्नको लागि ५० हजार भन्दा माथिको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । २५ हजार संख्या दर्शक अटाउने स्टेडियममा ५० हजार भन्दा माथिको संख्याको दर्शकहरु आउँदा थुप्रैले कार्यक्रम बाहिर बसेर नै हेर्नु परेको थियो । दर्शकहरुको भिडले नै कार्यक्रम सफल भएको संकेत दिएको छ । उक्त कार्यक्रमको लागि “नेपाल आईडल” निर्माण पक्ष सहित टप १२ प्रतिस्पर्धी केहि दिन अगाडी नै कतार तर्फ प्रस्थान गरेका थिए ।

कार्यक्रममा टप १२ प्रतिस्पर्धीले पालै पालो आफ्नो प्रस्तुति दर्शकहरु माझमा पेश गरेका थिए । उनीहरुको दमदार प्रस्तुतिले उपस्थित सम्पूर्ण दर्शकहरुलाई अत्याधिक मनोरंजन गराएको थियो । देशको विभिन्न कुना देखि आएर टप १२ प्रतिस्पर्धी भईसक्दा टप ३ मा भने निशान भट्टराई , प्रताप दास र बुद्ध लामा पुगेका थिए । दर्शकहरुको अत्याधिक भोटले यी ३ प्रतियोगीलाई टप ३ सम्म पुर्याएको हो । यी ३ मध्य पनि विश्वभर देखि सर्बाधिक भोट पाएर बुद्ध लामाले “नेपाल आईडल” को टाईटल हत्याउन सफल भएका हुन् । यस्तै निशान भट्टराई फर्स्ट रनर अप हुन सफल भए | यस्तै निशानले फर्स्ट रनर अप भएर १५ लाख नगद प्राप्त गरे | यस्तै प्रताप दासले भने सेकेन्ड रनर अफमा चित्त बुझाउनु पर्यो | उनले सेकेन्ड रनर अफ भएर १० लाख नगद पुरस्कार हात पारे |


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*